लिखुपिकेमा कल्पना राईको धन्यवाद भेटघाट

लिखुपिकेमा कल्पना राईको धन्यवाद भेटघाट

सोलुखुम्बु — नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य पदकी उपविजेता कल्पना राईले लिखुपिके गाउँपालिकाका मतदातालाई धन्यवाद ज्ञापन गर्दै भेटघाट कार्यक्रम गर्नुभएको छ।
उहाँले आज २०८२ फागुन २९ गते लिखुपिके गाउँपालिका–३ काफ्लेचौरमा आयोजित कार्यक्रममा स्थानीय मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्नुभएको हो। कार्यक्रममा बोल्दै राईले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मतदाताबाट प्राप्त साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले निर्वाचन परिणाम जे भए पनि जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै आगामी दिनमा पनि क्षेत्रको विकास, जनताको समस्या समाधान र समृद्धिका लागि निरन्तर काम गर्ने बताउनुभएको छ।
कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो भने सहभागीहरूले पनि आफ्नो धारणा राख्दै आगामी दिनमा जनताको हितमा काम गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित