सोलुखुम्बु-जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. ४ को कार्यालयले संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना वडाबासीहरूलाई लक्षित गरी तीन दिने ‘अस्थायी एकीकृत प्रशासनिक शिविर’ आयोजना गर्ने भएको छ।
काठमाडौंमा विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूलाई गाउँसम्म पुग्न नपर्ने गरी घरदैलोमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ।
कहाँ र कहिले हुँदैछ शिविर?
स्थान: शेर्पा सेवा केन्द्र, बौद्ध, तुसाल (शेर्पा गुम्बा), काठमाडौं
मिति: २०८३ साल श्रावण १८, १९ र २० गते
आयोजक: लिखुपिके गाउँपालिका वडा नं. ४ को कार्यालय, डुडा, सोलुखुम्बु
शिविरबाट उपलब्ध हुने प्रमुख सेवाहरू:
१. सामाजिक सुरक्षा भत्ता: नयाँ दर्ता तथा बायोम्याट्रिक प्रमाणीकरण
२. पञ्जीकरण तथा व्यक्तिगत घटना दर्ता: जन्म, मृत्यु, बसाइँसराई, विवाह र सम्बन्धविच्छेद दर्ता
३. राष्ट्रिय परिचयपत्र: राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्य
४. सिफारिस तथा अन्य सेवा: राजस्व संकलन, नागरिकताको सिफारिस लगायत वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण प्रशासनिक सेवाहरू
काठमाडौंमा रहेका लिखुपिके वडा नं. ४ का सम्पूर्ण वडाबासीहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई सहज रूपमा सेवा लिन लिखुपिके वडा नं. ४ का वडा अध्यक्ष हिकमत बहादुर बस्नेतले हार्दिक अपिल गर्नुभएको छ।
थप जानकारी वा सम्पर्कका लागि:
हिक्मत बहादुर बस्नेत (वडा अध्यक्ष): ९८६७९९८१४९, ९७६३०८७०००
अर्जुन कुमार बस्नेत (वडा सचिव): ९८४४६१९४७८





