सोलुखुम्बु-सोलुखुम्बुमा माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को पुरक परीक्षा २०८२ मा सहभागी भएका ९०.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बुले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी १२१ जना विद्यार्थीमध्ये ११० जना सफल भएका हुन् भने ११ जनाको ‘एनजी’ आएको छ ।
सार्वजनिक गरिएको ग्रेड विवरणअनुसार यस वर्ष ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी कोही पनि छैनन्। जीपीए ३.२० देखि ३.६० सम्म ५ जना विद्यार्थी रहेका छन् भने सबैभन्दा धेरै ५१ जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन्। त्यस्तै ५४ जनाले २.४० देखि २.८० जीपीए हासिल गरेका छन्। जीपीए २.०० देखि २.४० तथा १.६० देखि २.०० समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन्।
शिक्षा विकास तथा समन्वय इकाई, सोलुखुम्बुका अनुसार नतिजाअनुसार यस वर्षको पुरक परीक्षाले अधिकांश विद्यार्थीलाई माध्यमिक शिक्षा उत्तीर्ण गर्न सफल बनाएको देखिएको छ । इकाईले सार्वजनिक गरेको विवरणले पुरक परीक्षा विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार गर्न प्रभावकारी बनेको संकेत गरेको छ ।





