काठमाडौंमा बसोबास गर्ने लिखुपिके–३ का नागरिकलाई लक्षित घुम्ती प्रशासनिक शिविर सञ्चालन गरिने

काठमाडौंमा बसोबास गर्ने लिखुपिके–३ का नागरिकलाई लक्षित घुम्ती प्रशासनिक शिविर सञ्चालन गरिने

सोलुखुम्बु,साउन ४ -लिखुपिके गाउँपालिका–३ नम्बर वडा कार्यालयले काठमाडौंमा बसोबास गरिरहेका वडा नं. ३ का नागरिकलाई लक्षित गर्दै एकीकृत प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ।
वडा समितिको निर्णयअनुसार सञ्चालन हुने शिविर २०८३ साउन १८, १९ र २० गते काठमाडौंको शेर्पा सेवा केन्द्र, बौद्ध (टुसाल) मा आयोजना गरिने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
शिविरमार्फत नागरिकले विभिन्न सरकारी सेवा एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्। उपलब्ध गराइने सेवामा सामाजिक सुरक्षा भत्ता दर्ता तथा बायोमेट्रिक प्रमाणीकरण, घटना दर्तासम्बन्धी सेवाहरू (जन्म, मृत्यु, बसाइँसराइ, विवाह तथा सम्बन्धविच्छेद दर्ता), राष्ट्रिय परिचयपत्र वितरण, साथै राजस्व संकलन, नागरिकता सिफारिस लगायत वडा कार्यालयबाट प्रदान गरिने अन्य सेवाहरू समावेश छन्।
वडा कार्यालयले काठमाडौंमा रहेका वडा नं. ३ का सबै नागरिकलाई तोकिएको मिति र स्थानमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।
थप जानकारीका लागि वडा अध्यक्ष ध्रुवबहादुर बस्नेत तथा वडा सचिव राम कार्कीसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित