उमाकुण्ड ६ गुप्तेश्वरमा एकीकृत घुम्ती शिविर सम्पन्न

रामेछाप:रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा शनिवार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको ।

७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले गत सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गर्नुभएको थियो ।

शनिवार वडा नं ६ गुप्तेश्वरमा सम्पन्न भएको शिविरबाट १४ जना महिला र १० जना पुरुष गरी २४ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका उमाकुण्ड गाउँपालिकाबाट मणिराज सुनुवारले जानकारी दिनुभयो । शिविरमा ३९ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शिविरमा वडामा सम्पन्न हुने ४ वटा योजनाको सम्झौता पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार