उमाकुण्ड ४ मा एकीकृत घुम्ति शिबिर सम्पन्न

उमाकुण्ड ४ मा एकीकृत घुम्ति शिबिर सम्पन्न

रामेछाप-उमाकुण्ड गाउँपालिका–४ प्रितीमा शुक्रबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले बताउनुभयो ।

७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभिनय अधिकारीले सिधा प्रेसलाई बताउनुभयो ।

ai

बिहिबार,वडा न ४ मा प्रितीमा सम्पन्न भएको शिविरब ६१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ८२ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । त्यसै गरी एक जनाले व्यवसाय दर्ता गरेका छन् भने अपाङ्गता परिचयपत्र = ( ख ) वर्ग १ र प्रतिलिपी १ जनाले लिएका छन । शिविरमा १ वटा योजनाको सम्झौता पनि भएको प्रितीबाट मणिराज लुखिचा सुनुवारले बताउनुभयो । नागारिकले आफ्नो घरदैलोबाटै आधारभुत सेवा सुबिधा प्राप्त गर्न सकुन भन्ने उदश्यले एकीकृत घुम्ति शिबिर संञ्चालन भएको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित