रामेछाप:उमाकुण्ड गाउँपालिका वडा नं.२को मुख्य बजार रत्नज्योती बजारमा अनुगन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमाेद सिंखडाको नेतृत्वमा जिल्ला प्रशसान कार्यालय,रामेछापका प्रतिनिधि , उमाकुण्ड गाउँपालिका कार्यालय प्रितीका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी उमाकुण्ड २ नं वडाका वडा अध्यक्ष खम्बध्ज बस्नेत, प्रहरी चाैकी बाम्तिभण्डारका प्रमुख एवम् अन्य पदाधिकारीको उपस्थितिमा बिहिवार अनुगमन भएको हो ।
फार्मेसी, खाद्यान्न तथा किराना,सुनचाँदी, हार्डवेयर, मासु पसल,कस्मेटिक र माेटरसाईकल वर्कशप गरि २२ पसलहरूमा अनुगमन गर्दा नियमविपरीत संचालित २ फार्मेसी पसलहरूमा शिलबन्दी गरिएको छ भने , १ वटा सुनचाँदी पसलवाट निशेधित डिजिटल वेट मेशिन थान २ जफत गरिएको जनाइएको छ ।म्याद नाघेका खाद्य तथा अखाद्यान्न सामान/ वस्तुहरू रू.१६५३६।- मूल्य वरावरकाे जफत गरिएकाे उद्योग बानिज्य संघ रामेछापले जनाएको छ ।
Discussion about this post