लिखुपिके २ जिलुका खड्काले दिए चौलाखर्क स्वास्थ्य चौकीलाई १ थान हुइलचियर

लिखुपिके २ जिलुका खड्काले दिए चौलाखर्क स्वास्थ्य चौकीलाई १ थान हुइलचियर

लिखुपिके गाउँपालिका वडा न २ जिलु निबासी धर्मध्वज खड्काले एक थान हुइलचियर चौलाखर्क स्वास्थ्य चौकीलाई बितरण गर्नुभएको छ । बुधबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, वडा १ का वडा अध्यक्ष मिङमर गेल्जे शेर्पा वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्की स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा खड्काले उत्त सामाग्री प्रदान गर्नुभएको छ ।

आफ्नो श्रीमती पुष्ट कुमारी खड्का बिरामी पर्दा २० हजार रकम खर्चिएर ल्याएको हुलचियर श्रीमतीको दुखद निधन सँगै स्वास्थ्य संस्थानमा अन्य कुनै त्यस्तै प्रकारको बिरामीको लागि प्रयोग हुने भन्दै उक्त सामाग्री बितरण गरिएको उहाँले बताउनुभयो । उक्त सामाग्री बितरण गरिएकोमा गाउँपालिका अध्यक्ष मिना कार्कीले उहाँलाई धन्यवाद ब्यक्त गर्नुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, वडा न १ का वडा अध्यक्ष मिङमर गेल्जे शेर्पा न २ का वडा अध्यक्ष मणिराज बस्नेतले यस्तो सामाग्री त्यसै फाल्नु भन्दा यसरी स्वास्थ संस्थालाई प्रदान गर्नु अत्यन्तै राम्रो भन्दै खुसि ब्यक्त गरे ।

स्वास्थ्य चौकीमा हरेक बिरामी आउने हुँदा कुनै बेला यो सामाग्री प्रयोगमा आउने भन्दै स्वास्थ्य चौकी चौलाखर्कले खड्कालाई धन्यवाद ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित