हिमगंगा माबि परिसरमा रोपिएको बरपिपल अज्ञात समुहद्वारा चोरी

हिमगंगा माबि परिसरमा रोपिएको बरपिपल अज्ञात समुहद्वारा चोरी

सोलुखुम्बु: जिल्लाको लिखुपिके गाउँपालिका वडा न ३ मा रहेको हिमगंगा माध्यामिक बिद्यालयको बिद्यालय परिसरमा मिती २०८१साल असार २२ गते शनिबार आषाढ शुक्ल प्रतिपदाको दिन विहान ठिक ९:१५ बजे धार्मिक तथा वातावरणीय रुपमा राम्रो मानिने वर र पिपल जेष्ठ नागारिक पूण्यध्वज खड्का ज्यूको हातबाट रोपिएको वर पिपललाई अज्ञात समुहले चोरेका छन ।

हिन्दु शास्त्र अनुसार र वैज्ञानिक दृष्टिकोणबाट पनि वर पिपल रोप्नु र हुर्काउनु धेरै राम्रो मानिन्छ । तर हिमगङ्गा मा.वि. परिसरमा रोपिएको वर पिपल र बेलको बिरुवा नै उखेलेर गायव बनाउनेलाई के उपाधी दिने होला? हिमगंगा माध्यामिक बिद्यालयका प्रधानध्यापक हेम बहादुर बस्नेतले बताउनुभयो । साथै उहाँले समुदायका सचेत वर्गले अपराधी पत्ता लगाउने कुरामा सचेतताका साथ सहयोग गरिदिनुहुन अनुरोध समृत गर्नुभएको छ ।विद्यालयमा यस्ता धेरै घटनाहरु घटिरहेकोले अपराधी पहिचान भएमा कानुनी कठघरामा उभ्याइने बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायण बहादुर बस्नेतले सिधा प्रेसलाई बताउनुभयो ।

यता शिक्षा युवा खेलकुद शाखा संयोजक रेखराज बस्नेतले रोपिएको बिरुवा उखेल्नेको पहिचान भएमा जो कोहिलाई कानुनी कारबाहि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित