एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय ,बिद्यार्थीलाई सम्मान गरिने

सोलुखुम्बु:एसइइमा सतप्रतिशत बिद्यार्थी गराएको भन्दै चन्द्रज्योती माबि भकान्जेलनई नगद रु पचास हजारले सम्मान गर्ने भएको छ । असार १६ गते बसेको लिखु पिके गाउँपालिका शिक्षा समितिकोको बैठकको निर्णय बमोजिम एसइइ परीक्षामा सत प्रतिशत विधार्थी उतिर्ण गराउन सफल वडा नं.५ को चन्द्रज्योति मा.बि. भकान्जेलाई कार्य सम्पादन मूल्याकंन र उत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा प्रोत्साहन स्वरुप उक्त रकमले सम्माण गरिने शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतले बताउनुभयो ।
साथै लिखु पिके गाउँपालिका बाट ३ वटै माध्यामिक बिद्यालयबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याएए उतिर्ण हुने छात्र छात्राहरुलाई पालिका प्रथम हुने लाई (पन्ध्र हजार),दोस्रो हुनेलाई (दस हजार) र तेस्रो हुने दुबै जना लाई (पाँच पाँच हजार)दिने निर्णय भएको गाउँ पालिका शिक्षा संयोजक बस्नेतले बताउनुभयो ।
यसबर्ष लिखुपिके गाउँपालिकामा ९३ प्रतिशत बिद्यार्थी एसइइमा उतिर्ण भएका थिए । यो लिखुपिकेको हकमा पहिलो सफलता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार