सोलुखुम्बुकी विभूषा बस्नेत ‘मिस नेपाल २०२६’को फाइनलमा, महिला सशक्तिकरणलाई बनाइन् मुख्य एजेन्डा

सोलुखुम्बुकी विभूषा बस्नेत ‘मिस नेपाल २०२६’को फाइनलमा, महिला सशक्तिकरणलाई बनाइन् मुख्य एजेन्डा

सोलुखुम्बु-‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ फाइनलिस्टमध्ये प्रतियोगी नम्बर १९ विभूषा बस्नेत आफ्नो आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक प्रतिबद्धताका कारण विशेष चर्चामा रहेकी छन्।
हिमाली जिल्ला सोलुखुम्बुको प्रतिनिधित्व गरिरहेकी विभूषा सञ्चार क्षेत्र, सामाजिक अभियान तथा युवा नेतृत्वमा सक्रिय रूपमा आबद्ध छिन्। उनका अनुसार मिस नेपालको मञ्च केवल सौन्दर्य प्रतियोगिता नभई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रभावशाली अवसर हो।
१७ वर्षको उमेरदेखि नै आफ्नै आर्थिक जिम्मेवारी सम्हाल्दै आएकी विभूषाले महिलाको वास्तविक सशक्तिकरण शिक्षा, सीप विकास र आर्थिक आत्मनिर्भरतासँग जोडिएको बताउँछिन्। उनका अनुसार महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु भनेको उनीहरूको नेतृत्व क्षमता, निर्णय गर्ने अधिकार र जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउनु हो।
महिला हिंसाबाट प्रभावित व्यक्तिहरूसँग नजिकबाट काम गरेको अनुभवले आफूलाई महिला तथा युवाको आर्थिक सशक्तिकरणका लागि थप सक्रिय बन्न प्रेरित गरेको उनी बताउँछिन्।
हाल विभूषा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपाल की उपाध्यक्षका रूपमा कार्यरत रहेर युवा नेतृत्व विकास, स्वयंसेवा तथा सामाजिक सचेतनामूलक अभियान सञ्चालन गर्दै आएकी छन्।
‘मिस नेपाल २०२६’ को अन्तिम प्रतिस्पर्धा नजिकिँदै गर्दा विभूषाले आफ्नो यात्रालाई व्यक्तिगत उपलब्धिभन्दा पनि सोलुखुम्बुको प्रतिनिधित्व गर्दै महिला र युवाको आवाज बुलन्द गर्ने अवसरका रूपमा लिएको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित