लिखुपिकेमा स्वास्थ परिक्षण तथा अपाङ्गता पहिचाहन शिबिर सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिकामा स्वास्थ्य परिक्षण अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र लिखुपिके गाउँपालिकाको संयुक्त साझेदारीमा एवं राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको लिखुपिके गाउँपालिकाका सबै ५ वटै वडाहरुमा शिविर सम्पन भएको हाे । गएको जेठ ८,९,१०,११र १२ गते सम्म चलेको शिबिरमा लिखुपिके गाउँपालिका भरी जम्मा २९६ जनाले शिबिरबाट सेवा लिएको लिखुपिके गाउँपालिकाले जनाएको छ ।

जसमा लिखुपिके १ मा ‘क’ बर्गको १ जना ‘ख’बर्गमा ८ जना ,’ग’ बर्गमा ३ जना र ‘घ’ बर्गमा ९ जना त्यस्तै वडा न २ मा ‘क’ बर्गको २ जना ‘ख’ बर्गको १६ जना ,’ ग’ बर्गमा ३ जना र ‘घ’ बर्गको १६ जना ,त्यस्तै वडा न ३ मा क बर्गको २ जना ख बर्गको १२ जना , ‘ग’ बर्गमा ५ जना र ‘ घ’ बर्गको १० जना ,त्यस्तै वडा न ४ मा ‘क ‘बर्गको ४ जना ‘ख’ बर्गको ५ जना ,’ ग’ बर्गको ३ जना र ‘घ’ बर्गको ९ जना त्यस्तै वडा न ५ मा ‘क’ बर्गमा ४ जना, ‘ख’ बर्गको १८ जना , ‘ग’ बर्गमा ९ जना र ‘घ’बर्गमा १० जना रहेको महिला बालबालिका शाखाको तथ्यांकमा उल्लेख छ ।

शिबिरको मुख्य उदेश्य भनेको गाउँपालिका भित्र रहेका अपांगता ब्यक्तिहरुको पहिचाहन गर्दै परिचय पत्रलाई गाउँपालिकाबाटै प्रदान गरिने लिखुपिके गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राइले बताउनुभयो ।

लिखुपिके गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना शिविर सञ्चालन भएपछि यसले गाउँपालिकामा अपाङ्गता भएकाहरूको संरक्षण र आधारभुत विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । साथै अपाङ्गता रोकथामका लागी यो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाई छ ।
सेवा ग्राइहरुले बिगतमा अपाङ्गता परिचय पत्र लिनको लागि जिल्ला पुग्नु पर्ने बाध्यता हटेकोमा खुसि ब्यक्त गर्दै गाउँपालिकाले यो सेवा दिएकोमा आफुहरु हर्षितभएको बताउँछन ।

यसअघि छुटेकाहरुले पनि सेवा लिन पाएकोमा ५ वटै वडाका जनप्रतिनिधि पनि खुसी व्यक्त गर्नुभयो । आफुलाई पायक पर्ने ठाँउमा सेवा पाउँदा सेवाग्राही पनि हर्षित बनेको जनप्रतिनिधिहरुको भनाई छ।
शिविरमा सामान्य कान नसुन्ने र आँखा नदेख्नुको कारण समेत पहिचान गरि उपचार गरिएको छ । यहि प्रकारको शिबिर लिखुपिके अन्तर्गत सबै वडामा चल्ने करुणा फाउन्डेसन नेपाल लिखुपिके गाउँपालिका संयोजक पदम राईलिले बताउनुभयो । जेठ ८ गतेबाट सञ्चालन भएको शिबिर १२ गतेसम्म संञचालन हुने पनि संयोजक पदम बराईलीले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार