खेलको बिकास तिब्र:अध्यक्ष खड्का

सृजना बि.क.रामेछाप:गाेकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले गाेकुलगंगा गाउँपालिकामा खेलकुद विकास तिव्र गतिमा भएकाे दाबी गर्नुभएकाे छ । आज गाेकुलगंगा गाउँपालिका वडा नं २ ठाेसेस्थित शारदा माविमा आयाेजित चाैँथाे राष्ट्रपतिरनिङ शिल्ड उद्घाटन गर्दै अध्यक्ष खड्काले गाेकुलगंगा गाउँपालिकामा खेलकुद विकास तिव्र गतिमा भएकाे दाबी गर्नुभएकाे हाे । उहाँले यस गाेकुलगंगामा खेदकुद विकासमा लागि सदैब लागि पर्ने भन्दै सबै गाेकुलगंगाबासिलाई खेल विकासमा लाग्न आग्रह गर्नुभयाे ।
अध्यक्ष खड्काले राम्रा काम मात्र समाजमा सदैव रहने भएकाले राम्रा काम गर्न प्राेत्साहन गर्नुभयाे ।
यसैबिच उहाँले गाउँपालिकामा शिक्षा क्षेत्रमा भएकाे कमि कमजाेरी पहिल्याउदै पठनपाठनलाई मजबुत ढङ्गले अगाडी बढाउनुपर्नेमा जाेड दिनुभयाे । शिक्षा क्षेत्रमा सुधार गर्न प्राेत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै अध्यक्ष खड्काले सम्पुर्ण शिक्षक, विधालय व्यवस्थापन समिति, स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुध्रिनु पर्ने भन्दै सचेत गराउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार