मुढा ओसारपसारमा लिखुपिके गाउँपालिकाले लगायो रोक

मुढा ओसारपसारमा लिखुपिके गाउँपालिकाले लगायो रोक

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाले अत्यधिक वर्षाका कारण ग्रामीण सडकहरूमा क्षति पुग्ने तथा सर्वसाधारणको आवागमनमा कठिनाइ उत्पन्न हुन सक्ने भन्दै मुढा ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार लिखुपिके गाउँपालिका भित्रका सडकहरूमा वर्षाका कारण क्षति हुने, सडकको दिगोपनमा प्रतिकूल असर पर्ने तथा सर्वसाधारणको आवागमनमा समेत समस्या सिर्जना हुने अवस्था देखिएको छ।
यसैगरी, मुढा ओसारपसारका कारण अझ बढी सडक क्षति भई पहिरो आउन सक्ने जोखिम तथा अति आवश्यक अवस्थामा एम्बुलेन्स सञ्चालनमा समेत कठिनाइ हुन सक्ने भएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार २०८३ साल कात्तिक १ गतेसम्म मुडा ओसारपसारमा प्रतिबन्ध लगाइएको हो। गाउँपालिकाले सम्बन्धित सबैलाई उक्त निर्णयअनुसार कार्य गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित