लिखु पिके गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा महेश श्रेष्ठ

लिखु पिके गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा महेश श्रेष्ठ

सोलुखुम्बु-लिखु पिके गाउँपालिकामा मरिण गाउँपालिका, सिन्धुलीबाट सरुवा भई आउनुभएका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलाई स्वागत गरिएको छ।
हिजो असोज २७ गते गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, विभिन्न वडाका वडा अध्यक्षहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत गर्दै गाउँपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र जनमुखी बनाउन उहाँको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो।
नयाँ जिम्मेवारी सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकाल सफल रहोस् भन्ने कामना सहित गाउँपालिकाले उहाँलाई स्वागत गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित