लिखुपिके गाउँपालिकाका विद्यालयमा विद्यार्थीको आँखा जाँच शिविर सञ्चालन

लिखुपिके गाउँपालिकाका विद्यालयमा विद्यार्थीको आँखा जाँच शिविर सञ्चालन

सोलुखुम्बु-लिखुपिके। लिखुपिके गाउँपालिकाको स्वीकृत कार्यक्रमअनुसार गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा जाँच शिविर सञ्चालन भइरहेको छ।
कार्यक्रमअन्तर्गत दशैँअघि मिति २०८३/०६/१६ गते श्री विद्यादात्री आ.वि. र श्री सिरुवा आधारभूत विद्यालयमा तथा २०८३/०६/१९ गते मञ्‍जुश्री आ.वि.मा आँखा जाँच शिविर सम्पन्न भइसकेको छ।
त्यसैगरी २०८३/०६/२० र २१ गते श्री हिमगंगा मा.वि., चौलाखर्कमा आँखा जाँच शिविर सञ्चालन हुने जनाइएको छ।
दशैँपछि लिखुपिके गाउँपालिकाका अन्य वडामा रहेका सम्पूर्ण विद्यालयमा समेत क्रमशः आँखा जाँच शिविर सञ्चालन गरिने जानकारी दिइएको छ।
गाउँपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिई आवश्यक परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सम्बन्धित विद्यालय, अभिभावक तथा विद्यार्थीहरूलाई शिविरमा सहभागी भई सेवा लिन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित