रामेछाप-जिल्लाको उमाकुण्ड गाउँपालिका–१ मा जन्मिएका प्रिन्सपन कार्की हाल काठमाडौंलाई कर्मथलो बनाएर नेपाली सांगीतिक तथा मनोरञ्जन क्षेत्रमा सक्रिय छन् । निर्देशनमा समेत सक्रिय कार्कीले सांगितिक क्षेत्रमा एउटा छुट्टै आफ्नो पहिचान बनाउँदै आएका छन्।
उनकै निर्देशनमा तयार भएको ‘फूल जस्तै रानीलाई’ बोलको नयाँ तीज गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा प्रिन्सपन कार्की, मलाइका बस्नेत, सागर कार्की र अनिता मगरको अभिनय हेर्न पाइन्छ ।
गीतमा टीका मगर र मनिषा सुनारको स्वर, प्रिन्सपन कार्कीको शब्द तथा ज्ञानेन्द्र गिरिको संगीत रहेको छ। भिडियोको छायांकन नरेश अएरले गरेका हुन्।
‘फूल जस्तै रानीलाई’ को भिडियो प्रीसन्सा हाउस अफ प्रडक्सन र प्रिन्सपन कार्की फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। गीत तथा म्युजिक भिडियोमा प्रेम र मनोरञ्जनलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
प्रिन्सपन कार्कीका यसअघि अभिनय गरेका थुप्रै म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् भने उनका केही नयाँ म्युजिक भिडियोहरू पनि सार्वजनिक हुने क्रममा रहेका छन्।
‘फूल जस्तै रानीलाई’ को आधिकारिक म्युजिक भिडियो हेर्न तलको लिंकमा थिच्नुहोस्।





