रसुवा बाढीपीडितका लागि लिखु पिकेले १ लाख सहयोग, बेपत्ता परिवारलाई ५० हजार

रसुवा बाढीपीडितका लागि लिखु पिकेले १ लाख सहयोग, बेपत्ता परिवारलाई ५० हजार

​सोलुखुम्बु-रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको अप्रत्यासित बाढीका कारण पुगेको क्षतिप्रति लिखु पिके गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै राहत तथा सहयोगको घोषणा गरेको छ।
​गाउँपालिका अध्यक्ष एवं पालिका स्तरीय विपद व्यवस्थापन समितिका संयोजक मिना कार्की बस्नेतको अध्यक्षतामा २०८३ साउन १० गते बिहीबार बसेको बैठकले बाढी प्रभावितका लागि सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको हो।
​​भोटेकोशी र त्रिशुली नदीको बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति शोक व्यक्त गर्दै गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ (रु. १,००,०००/-) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
त्यस्तै बाढीमा परी सम्पर्कविहीन भएका लिखु पिके गाउँपालिकाका नागरिकहरूको खोज तथा उद्धारका लागि विपद व्यवस्थापन कोषबाट जनही ५० हजार रुपैयाँ (रु. ५०,०००/-) का दरले उपलब्ध गराइने भएको छ।
​गाउँपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोज, उद्धार तथा पुनस्थापनाका लागि ऐक्यबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित