सोलुखुम्बु-वर्षे बिदाको सदुपयोग गर्दै शिक्षकको मर्म तथा शिक्षाको महत्वलाई समेट्ने प्रयाससहित शिक्षा सम्बन्धी गीत सार्वजनिक गरिएको छ।
हिमगंगा माध्यमिक विद्यालय लिखुपिके ३ मा कार्यरत प्रधानाध्यापक हेमबहादुर बस्नेतको शब्द संकलनमा तयार भएको उक्त गीतमा गायक असीम कुमार कटुवाल र गायिका कोपिला तामाङले स्वर दिएका छन् । गीतको संगीत तथा एरेन्ज विष्णु तामाङले गरेका हुन्।
गीतको रेकर्डिङ सागर पुनले गरेका छन् भने शंकरा डिजिटल रेकर्डिङ स्टुडियो, बागबजारमा रेकर्ड गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानू पुनले गरेका छन्।
शिक्षण पेशासँग जोडिएका विषयलाई समेटेर तयार गरिएको गीतले शिक्षक तथा शिक्षाप्रेमीलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
प्रधानाध्यापक बस्नेतले सम्पूर्ण शिक्षक तथा शिक्षाप्रेमीहरूलाई गीत एकपटक सुनेर साथ तथा प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।
गीत सुन्नको लागी तलको लिंक थिच्नुहोस ।





