रामेछापको समृद्धि डेरी तथा बेकरी उद्योगले पायो खाद्य विभागको आधिकारिक अनुमति

रामेछापको समृद्धि डेरी तथा बेकरी उद्योगले पायो खाद्य विभागको आधिकारिक अनुमति

रामेछाप-उमाकुण्ड गाउँपालिका–२,रामेछापस्थित श्री समृद्धि दुग्ध डेरी तथा बेकरी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य उद्योग सञ्चालन अनुमति प्राप्त गरेको छ।
विभागले जारी गरेको अनुमति पत्रअनुसार उद्योगका सञ्चालक मनोहर कुमार कार्की हुन्। उद्योगलाई दूध तथा दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री–वितरण गर्न अनुमति प्रदान गरिएको हो।
अनुमति पत्र २०८३ साल असार १६ गते जारी गरिएको छ भने २०८५ साल असार २६ गतेसम्म यसको म्याद रहने उल्लेख गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त भएसँगै उद्योगले तोकिएको खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गर्दै उत्पादन तथा वितरण गर्नुपर्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित