न्यूनतम सेवा मापदण्डमा चौँलाखर्क स्वास्थ्य चौकीको ९०% उपलब्धि

न्यूनतम सेवा मापदण्डमा चौँलाखर्क स्वास्थ्य चौकीको ९०% उपलब्धि

सोलुखुम्बु-लिखुपिके गाउँपालिका–३ स्थित चौँलाखर्क स्वास्थ्य चौकीले चालु आर्थिक वर्षको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा ९० प्रतिशत अंक प्राप्त गर्दै सफलता हासिल गरेको छ।
गत आर्थिक वर्षमा ८४ प्रतिशत अंक हासिल गरेको स्वास्थ्य चौकीले यस वर्ष आफ्नो सेवा प्रवाहमा सुधार गर्दै ९० प्रतिशत अंक प्राप्त गरेको हो। यो उपलब्धिलाई स्वास्थ्य सेवाको गुणस्तर, व्यवस्थापन र सेवा प्रवाहमा भएको सकारात्मक प्रगतिको संकेतका रूपमा हेरिएको छ।
उक्त सफलतापछि स्वास्थ्य चौकीले खुसी व्यक्त गर्दै यस उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका तथा सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गरेको छ।
स्वास्थ्य चौकीले आगामी दिनमा पनि अझ गुणस्तरीय, प्रभावकारी, सेवाग्राहीमैत्री र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्दै समुदायको स्वास्थ्य सुधारका लागि निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
चौँलाखर्क स्वास्थ्य चौकीले हासिल गरेको यो नतिजाले लिखुपिके गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित