सोलुखुम्बु-लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तथा शिक्षक अभिभावक संघ (शि.अ.सं.) गठन गरिएको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार वडा नं. ५ का वडा अध्यक्ष ङिमछिरी लामाको अध्यक्षतामा सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको हो।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रभु बस्नेत चयन भएका छन्। सदस्यहरूमा कुमार कार्की, सुकुमाया बस्नेत, मंगली थामी, सुकिजित थामी तथा शिक्षक प्रतिनिधिका रूपमा प्रकाश सिंह विष्ट रहेका छन्। समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ल्हाक्पा शेर्पा रहेका छन्।
त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा अरुण सुनुवार चयन भएका छन्। सदस्यहरूमा जाङ्बु शेर्पा, सोनी शेर्पा, प्रतिमा घिमिरे, देवुमाया थामी तथा शिक्षक प्रतिनिधिका रूपमा पशि शेर्पा रहेका छन्। संघको सदस्य सचिवमा पनि प्रधानाध्यापक ल्हाक्पा शेर्पा रहेका छन्।
विद्यालयले नवगठित दुवै समितिलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, पारदर्शिता र विद्यालयको समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको जनाएको छ।





