लिखुपिकेमा केन्द्रिय लाइन अध्यक्षको पहल

लिखुपिकेमा केन्द्रिय लाइन अध्यक्षको पहल

सोलुखुम्बु-नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य तथा डेपुटी प्रबन्ध निर्देशक दिर्घायु कुमार श्रेष्ठ सँग लिखुपिके गाउँपालिकाको केन्द्रिय प्रसारण लाइन सम्बन्धी लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा लिखुपिके क्षेत्रले लामो समयदेखि भोग्दै आएको विद्युत प्रसारण समस्याबारे गम्भीर छलफल गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका नेतृत्वले उक्त समस्यालाई प्राथमिकतामा राखी आवश्यक प्रक्रिया अगाडि बढाएर छिट्टै केन्द्रिय प्रसारण लाइन जडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस पहलले लिखुपिके क्षेत्रका नागरिकहरूमा आशा र विश्वास बढाएको छ भने दीर्घकालदेखि रहँदै आएको विद्युत अभावको समस्या समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित