लिखुपिके ५ मा रास्वपा कमिटी गठन

लिखुपिके ५ मा रास्वपा कमिटी गठन

सोलुखुम्बु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोलुखुम्बुको लिखुपिके गाउँपालिका मा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। गाउँपालिका–५ मा सम्पन्न वडा अधिवेशनबाट ११ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको हो।
रास्वपा जिल्ला सभापति नारायणकाजी कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्की शेर्पाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा बोल्दै सभापति कार्कीले पार्टीलाई गाउँ–गाउँसम्म सुदृढ बनाउने लक्ष्यसहित संगठन विस्तार अभियान अघि बढाइएको बताउनुभयो।
उहाँले लिखुपिके गाउँपालिकाका अन्य वडाहरूमा पनि यही १० र ११ गते वडा कमिटी गठन गरिने र १२ गते पालिका अधिवेशन आयोजना गरिने जानकारी दिनुभयो। “जनताको अपेक्षा अनुसार काम गर्ने सक्षम संगठन निर्माण नै हाम्रो मुख्य उद्देश्य हो,” कार्कीले भन्नुभयो।
नवगठित वडा कमिटीले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार गर्दै जनसरोकारका मुद्दा उठाउने प्रतिबद्धता जनाएको छ। रास्वपाले ग्रामीण क्षेत्रमा संगठन सुदृढ गर्दै आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित