रामेछापको उमाकुण्ड गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
आइतवार अपरान्ह हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर उमाकुण्ड–४ प्रिती, हुगाकी ९ वर्षीया बालिका सुन माया तामाङको ज्यान गएको हो ।
उमाकुण्ड गाउँपालिका-४ का वडा अध्यक्ष मानबहादुर सुनुवारका अनुसार आइतवार अपराह्न करिब साँढे ४ बजे आफ्नै घरको आँगनमा बसिरहेकी बालिकालाई चट्याङ लागेको थियो ।
चट्याङको प्रहारबाट गम्भीर भएकी उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको अध्यक्ष सुनुवारले बताएका छन् । अहिले बालिकाको शव घटमास्थलमै रहेको छ ।
आमा र भाईसँग घरमा बस्दै आएकी बालिकाको बुबा भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् ।



















Discussion about this post