मेरी परान” गीत सार्वजनिक

काठमाडौं — नेपाली सांगीतिक बजारमा नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी रहँदा गायक तथा सर्जक रामकुमार कार्की र शंकर बहादुर कटुवालको नयाँ गीत “मेरी परान” सार्वजनिक भएको छ।
गीतमा रामकुमार कार्की र कमला खड्काको स्वर रहेको छ भने शब्द तथा संगीत पनि कार्की स्वयंको रहेको छ। वास्तविक प्रेमिल जोडीहरूको कथामा आधारित यस गीतमा मौलिकता झल्काइएको छ।
मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।
भिडियोमा अञ्जली अधिकारी, शंकर बहादुर कटुवाल, जगेन्द्र बस्नेत, रमिला खड्का र सौरभजंग कार्की लगायतको अभिनय रहेको छ। गीत रामकुमार कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत हेर्नको लागि तल लिंकमा थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार