जिम्मेवारीको यात्रामै अन्तिम बिदाइ

जिम्मेवारीको यात्रामै अन्तिम बिदाइ

रामेछाप-मतदान अधिकृतको जिम्मेवारी बोकेर कर्तव्यस्थलतर्फ हिँडेका एक शिक्षक अब कहिल्यै फर्केर नआउने भएका छन्।
रामेछाप नगरपालिका–२, देउरालीमा भएको जिप दुर्घटनामा मन्थली नगरपालिका–७, भटौलीस्थित श्री द्राक्षेश्वर माविका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको छ।
देशको लोकतान्त्रिक अभ्यास सफल बनाउने जिम्मेवारी लिएर यात्रामा निस्किएका उहाँले कर्तव्यकै मार्गमा जीवन गुमाउनुपरेको छ। उहाँको असामयिक निधनले परिवार, विद्यालय र समग्र समुदाय स्तब्ध बनेको छ।
स्व. घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित