इरानको आक्रमणमा यूएईमा एक नेपालीको मृत्यु

इरानको आक्रमणमा यूएईमा एक नेपालीको मृत्यु

काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपाली नागरिकसहित तीन जना विदेशी नागरिकको मृत्यु भएको छ। यूएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको विस्तृत परिचय हाल सार्वजनिक गरिएको छैन।
यूएई रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोन प्रहार गरेको छ। यूएईको हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोन नष्ट गरेको भए पनि ३५ ड्रोन विभिन्न स्थानमा खसेका थिए। तीमध्ये २१ ड्रोनले नागरिक बस्ती र संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो।
यस आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक नागरिक मारिएका छन्। त्यसका साथै भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानसहित १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था स्थिर रहेको र उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित