सोलुखुम्बु — बेनी हाईड्रोपावर कम्पनी ले स्थानीय बासिन्दाका लागि सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म आवेदन खुला गर्ने जनाएको छ।
कम्पनीका अनुसार आयोजनाबाट अति प्रभावित तथा प्रभावित क्षेत्रलाई प्राथमिकता दिँदै सेयर बाँडफाँड गरिनेछ।
क्षेत्रअनुसार छुट्याइएको सेयर विवरण:
🔹 सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ (अति प्रभावित क्षेत्र)
५ लाख २० हजार कित्ता
🔹 सोलुदुधकुण्ड नगरपालिका–५, ६, ७ र ११ (प्रभावित क्षेत्र)
३ लाख १२ हजार कित्ता
🔹 सोलुखुम्बु जिल्लाका अन्य बासिन्दा
२ लाख ८ हजार कित्ता
कम्पनीले स्थानीय सहभागिता र स्वामित्व विस्तार गर्ने उद्देश्यसहित सेयर निष्काशन गर्न लागेको जनाएको छ। निर्धारित अवधिभित्र सम्बन्धित क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन्।



















Discussion about this post