एमाले उम्मेदवार कल्पना राईको घरदैलो अभियान तीव्र

एमाले उम्मेदवार कल्पना राईको घरदैलो अभियान तीव्र

सोलुखुम्बु — आसन्न फागुन २१ गते हुने संसदीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा चुनावी गतिविधि तीव्र पारेको छ।
यसैक्रममा आज लिखुपिके गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदाता भेटघाट, घरदैलो तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा उम्मेदवार–मतदाता भेटघाट, कार्यकर्तासँग छलफल तथा घरदैलो अभियान समेटिएको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो।
स्थानीय कमिटीले तयार पारेको कार्यक्रम तालिका अनुसार अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ। कार्यक्रममा मतदातालाई सम्बोधन गर्दै नेकपा एमालेकी उम्मेदवार कल्पना राईले लिखुपिके क्षेत्रका समस्या, आवश्यकता र जनचासोका विषयहरूलाई सदनसम्म पुर्‍याई समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विकास, स्थायित्व र जनताको पक्षमा काम गर्ने शक्ति नेकपा एमाले भएको उल्लेख गर्दै मतदातासमक्ष पार्टीलाई समर्थन गर्न आग्रह गर्नुभयो। अध्यक्ष बास्तोलाको नेतृत्वमा खटिएको एमाले टोली हाल लिखुपिके गाउँपालिकामा सक्रिय रूपमा चुनावी प्रचारमा जुटिरहेको छ। पार्टीका अनुसार आगामी दिनहरूमा गाउँपालिकाका बाँकी वडाहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित