सोलुखुम्बु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गाउँ कार्य समिति लिखु पिके, सोलुखुम्बुको आयोजनामा आज लिखु पिके गाउँपालिकाको कापलेचौर स्थित पार्टी कार्यालयमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
आगामी निर्वाचनको तयारी र पार्टीको भावी रणनीतिबारे केन्द्रित कार्यक्रममा रास्वपाका आगामी निर्वाचनका उम्मेदवार ऋषिधन राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका नीति, विचार तथा लिखु पिके गाउँपालिकाको समृद्धिबारे महत्वपूर्ण छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रममा पार्टी सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न वडावाट पुरानो पाट्री परित्याग गरि
(रास्वपा) मा प्रवेश गरेका थिए ।





