सोलुखुम्बु-जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ र ३ मा अवस्थित लिखु खोला किनारको राङ्दा क्षेत्र मा हालसम्म व्यवस्थित आर्यघाट तथा प्रतीक्षालयको अभाव रहेकाले उक्त समस्या समाधान गर्ने उद्देश्यसहित संयुक्त आर्यघाट तथा प्रतीक्षालय निर्माण उपभोक्ता समिति गठन गरिएको छ।
लिखुपिके गाउँपालिका वडा नम्बर २ र ३ को संयुक्त पहलमा गठित उक्त उपभोक्ता समिति लिखुपिके गाउँपालिकाको कार्यालयमा औपचारिक रूपमा दर्ता भइसकेको छ। समितिले स्थानीयको सक्रिय सहभागिता र सहयोगमा चन्दा संकलन गरी आर्यघाट तथा प्रतीक्षालय निर्माण गर्ने निर्णय गरेको जनाएको छ।
समितिका अनुसार निर्माण कार्यका लागि चन्दा प्रदान गर्ने दाताहरूको नाम सबैभन्दा बढी रकम प्रदान गर्ने व्यक्तिदेखि क्रमबद्ध रूपमा राङ्दामा निर्माण हुने प्रतीक्षालयमा ताम्रपत्रमा उल्लेख गर्ने निर्णय गरिएको छ।
उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरू
अध्यक्ष: रमेश कुमार बस्नेत – लिखुपिके गा.पा. वडा नं. २
उपाध्यक्ष: सुबाश चन्द्र बस्नेत – लिखुपिके गा.पा. वडा नं. ३
सचिव: नारायण बहादुर बस्नेत – लिखुपिके गा.पा. वडा नं. ३
कोषाध्यक्ष: मञ्जु बस्नेत कार्की – लिखुपिके गा.पा. वडा नं. २
सह–सचिव: उषा माया खड्का – लिखुपिके गा.पा. वडा नं. २
सदस्य: दलभञ्जन बस्नेत – वडा नं. २
सदस्य: पूर्ण बहादुर बस्नेत – वडा नं. २
सदस्य: ज्ञान बहादुर बस्नेत – वडा नं. २
सदस्य: निर्पध्वज कार्की – वडा नं. ३
सदस्य: रमेश बस्नेत (रोशन) – वडा नं. ३
सदस्य: अम्मर बस्नेत – वडा नं. २
सल्लाहकार समिति
प्रेम बहादुर बस्नेत (किरण) – वडा नं. २, गोली
रामचन्द्र बस्नेत – वडा नं. २, एर्माखु
कुमार थापा – वडा नं. २, मेस्की
भूपेन्द्र बहादुर बस्नेत – वडा नं. ३, सिरुवा
दान बहादुर बस्नेत (धन) – वडा नं. ३, सिरुवा
केदार दाहाल – वडा नं. २, पोखरी
राजेन्द्र बस्नेत – वडा नं. २, गोली
समितिले जानकारी दिएअनुसार राङ्दा आर्यघाट तथा प्रतीक्षालय निर्माणका लागि केही व्यक्तिहरूले चन्दा प्रदान गरिसकेका छन्। चन्दा दाताहरूको नाम र रकमको विवरण केही दिनपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ। साथै, निर्माण हुने आर्यघाट तथा प्रतीक्षालयको डिजाइन र अनुमानित लागत विवरण पनि सार्वजनिक गरिने समितिले जनाएको छ।
स्थानीय तहको सहयोग, सामाजिक सद्भाव र जनसहभागितामा आधारित उक्त निर्माण कार्यले भविष्यमा राङ्दा क्षेत्रलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन धार्मिक–सांस्कृतिक स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
(समितिको बैठकपछि खिचिएको तस्बिरसहित समाचार)





