तिलकबहादुर थापाको स्मृतिमा ट्र्याकसुट सहयोग

तिलकबहादुर थापाको स्मृतिमा ट्र्याकसुट सहयोग

रामेछाप_उमाकुण्ड गाउँपालिका–३, पुना निवासी प्रमिला थापाले स्वर्गीय भाइ तिलकबहादुर थापाको स्मृतिमा विद्यार्थी भाइबहिनीहरूलाई ट्र्याकसुट सहयोग गर्नुभएको छ। उक्त सहयोग श्री जनता माध्यमिक विद्यालय, कुबु तथा श्री सरस्वती आधारभूत विद्यालय, पुनामा अध्ययनरत विद्यार्थीहरूका लागि प्रदान गरिएको हो।
आज आयोजित कार्यक्रममा सहयोग सामग्री प्रमिला थापाका बुबा बलबहादुर थापाको हातबाट विद्यार्थीहरूलाई वितरण गरिएको थियो। स्वर्गीय तिलकबहादुर थापाको सम्झनामा गरिएको यस मानवीय कार्यप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित