लिखु पिके गाउँपालिकाले भाडामा व्याक हो–लोडर लिने

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाले भाडामा व्याक हो–लोडर लिने भएको छ । लगातारको वर्षाका कारण गाउँपालिकाभित्रको सडक अवस्थाबाट प्रभावित जनजीवनलाई सहज बनाउने उद्देश्यले हो–लोडर लिने भएको हो ।
गाउँपालिकाले आन्तरिक स्रोत साधन प्रयोग गरी तत्काल सडक मर्मत कार्यलाई अगाडि बढाउन ४१६० सीसी वा सोभन्दा माथिको क्षमतायुक्त व्याक हो–लोडर भाडामा लिने निर्णय गरेको छ ।
गाउँपालिकको अनुसार, इच्छुक व्यक्ति, संस्था वा कम्पनीहरूले चालू इजाजतपत्र, कर दर्ता प्रमाणपत्र, प्यान÷भ्याट, नविकरण कागजात लगायतका आवश्यक कागजात संलग्न गरी दरभाउ पत्र बुझाउनु पर्नेछ। काम गाउँपालिकाका सबै ५ वटै वडामा हुनेछ भने मुख्य कामहरुमा सडक सुधार, ग्राभेल व्यवस्थापन, ढलान सुधारजस्ता निर्माणसम्बन्धी कार्य पर्नेछन्। 
प्रति महिना सेवा लिनु दिनु १०० घण्टा तोकिएको गाउँपालिकाले जनाएको छ । उल्लेखित कागजातपत्र सूचना प्रकाशित मितिले ७ दिनभित्र बुझाउनुपर्ने उल्लेख गरिएको छ । साथै, व्याक हो–लोडर चालकको पारिश्रमिक, अन्य सुविधा तथा सवारी कर लगायतका खर्च भाडादारले आफैं व्यहोर्नुपर्ने स्पष्ट गरिएको छ । सेवा अवधि प्रारम्भमा  असोज सम्म रहनेछ । व्याक हो–लोडर भाडामा लिदाँ प्रत्येक महिनाको अन्तिममा भुक्तानी प्रदान गरिने व्यवस्था गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद पराजुलीले सबै इच्छुक पक्षलाई तोकिएको समयसीमाभित्र प्रस्ताव पेश गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार