खिजिदेम्बाका ३ बिद्यालयले पाए दाताको सहयोग

खिजिदेम्बाका ३ बिद्यालयले पाए दाताको सहयोग

ओखलढुंगा:जिल्लाको बिगट मानिने खिजिदेम्बा गाउँपालिका वडा न ७ मा मा रहृेका ३ वटा बिद्यालयलाई समाजसेबी ब्यक्तित्वहरुको सहयोग मिलेक‍ो छ ।
बेल्जियम नागरिक Mr.Jone र अ्मिना बम्जन र टुथ ब्रस
मिस्टर जोपा ,त्यस्तै समाजसेवी राजेन्द्र गुरुङ, तथा रबिन्द्र गुरुङ, अम्बिका बमजम र दिपक गुरुङले उक्त बिद्यालयलाई सहयोग गर्नुभएको छ ।
जसअनुसार हिमगंगा माध्यमिक बिद्यालयका शिक्षक र बिद्यार्थी लाई २१८ जोर ट्याकसुट, दुधब्रस, मन्जन, नेलकट र एउटा स्टेचर त्यस्तै रञ्जना आधारभुत बिद्यालयका शिक्षक बिद्यार्थीलाई बालकक्षादेखि ८ सम्मका लागि ९६ जोर ट्याकसुट, दुधब्रस मन्जन,र नेलकट त्यस्तै हिमालयन आधारभुत बिद्यालयका बाल कक्षादेखि ३ सम्मका लागि ट्याकसुट ९ जोर , दुधब्रस,नेलकट मञ्जन सहयोग मिलेको छ ।

त्यस्तै खिजिदेम्बा गाउँपालिका वडा न ८ मा अबस्थित सिद्वार्थ आधारभुत बिद्यालयका बाल कक्षादेखि ५ सम्मका शिक्षक बिद्यार्थीलाई ५५ जोर ट्याकसुट, दुधब्रस, मञ्जन, र नेलकट सहयोग मिलेको हिमगंगा माध्यमिक बिद्यालयका शिक्षक बिजय लामाले सिधा प्रेसलाई बताउनुभयो ।
उक्त बिद्यालयका शिक्षक र बिद्यार्थीलाई सहयोग पाउँदा खुसि ब्यक्त गर्दै सहयोगी दाताहरुलाई बिद्यालयले धन्यवाद ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित