रामेछाप:विज्ञान तथा गणित विषयलाई कक्षाकाेठामा अध्यापन गर्दा सैद्धान्तिक ज्ञानमा मात्र जाेड दिने तर प्रयोगात्मक अभ्यासमा जोड नदिने परिपाटीले गर्दा विद्यार्थीहरूलाई यी दुई विषयलाई अत्यन्तै गाह्रो मान्ने गरेकाे र नतिजा समेत यिनै विषयमा कमजोर रहेको अवस्थामा प्रयोगात्मक अभ्यास सहित सैद्धान्तिक ज्ञान दिन सके यी विषय गाह्राे छैनन् भन्ने सन्देश दिन र विद्यार्थी, शिक्षकबीच अनुभव समेत आदान प्रदान गर्ने उदेश्ले उमाकुण्डमा विज्ञान तथा गणित प्रदर्शनी गरिने शिक्षा युवा खेलकुद शाखा अधिकृत ङावा शेर्पाले सिधा प्रेसलाई बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाले शैक्षिकसत्र २०८१ असाेज १५ गते राखिएको विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम विविध कारणले स्थगित भएकोमा सम्बन्धित विद्यालयका विषयगत शिक्षकहरूकाे बैठककाे निर्णयानुसार उक्त कार्यक्रम मिति २०८१ पुस १९ गते शुक्रबारका दिन चण्डेश्वरी मावि प्रितीकाे प्राङ्गणमा संचालन गर्ने निर्णय भएको अधिकृत ङावा शेर्पाले बताउनुभयो । साथै उहाँले साेही बमाेजिम तयारी गर्नु हुन सम्पूर्ण माविलाई अनुराेध समेत गर्नुभयो । साथै उक्त शैक्षिक प्रर्दशनिलाई अबलोकन गरिदिनुहुन सम्पुर्ण शैक्षिक सराेकारवालाहरूलाई गाउँपालिकाले हार्दिक अनुराेध समेत गरेको छ ।





