उमाकुण्ड ५ प्रितीमा एकीकृत घुम्ति शिबिर सम्पन्न

रामेछाप-उमाकुण्ड गाउँपालिका–५ प्रितीमा बिहिबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले बताउनुभयो ।

ai

७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभिनय अधिकारीले सिधा प्रेसलाई बताउनुभयो ।

बिहिबार,वडा न ५ मा प्रितीमा सम्पन्न भएको शिविरबाट ४१ जना महिला र २१ जना पुरुष गरी ६२ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ७८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । त्यसै गरी एक जनाले व्यवसाय दर्ता गरेका छन् भने अपाङ्गता परिचयपत्र = ( ख ) वर्ग १ र प्रतिलिपी १ जनाले लिएका छन । शिविरमा ३ वटा योजनाको सम्झौता पनि भएको छ । त्यस्तै १ वटा ब्यबसाय दर्ता भएको प्रितीबाट मणिराज लुखिचा सुनुवारे बताए । शिवीर १,२,३,४ र ५ मा सम्पन्न भइसकेको छ ।

ai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार