उमाकुण्ड ३ मा घुम्ति शिबिर सम्पन्न

रामेछाप-उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा बुधवार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले उमाकुण्ड गाउँपालिकाले वडा तहमा एकीकृत घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले बताउनुभयो ।

ai

७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले सोमबार वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर प्रारम्भ गरेको उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अभिनय अधिकारीले सिधा प्रेसलाई बताउनुभयो ।

बुधवार अर्थात आज वडा नं ३ कुभुकास्थलीमा सम्पन्न भएको शिविरबाट ३६ जना महिला र २५ जना पुरुष गरी ६१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ८४ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । त्यसै गरी एक जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनालाई क वर्गको अपाङ्गता भएको परिचयपत्र वितरण गरिएको छ । शिविरमा वडामा सम्पन्न हुने ५ वटा योजनाको सम्झौता पनि भएको छ । बिहिवार उमाकुण्ड ४ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार