रामेछाप-रामेछापको उमाकुण्ड गाउँपालिका-७ भूजीमा सञ्चालित एकीकृत घुम्ती शिविरमा ४६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
गाउँपालिकाको कार्यालयले आयोजना गरेको सो शिविरमा २२ महिला र २४ पुरुषले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । वडा कार्यालयमा आइतबार सञ्चालन गरिएको एक दिने शिविरमा राष्ट्रिय परिचयपत्रका लागि ३६ महिला र ३५ पुरुष गरी ७१ जनाले फोटो खिचाएका छन् ।
शिविरमा गाउँपालिकाले सञ्चालन गर्ने पाँच वटा योजना समेत सम्झौता भएका छन् । त्यस्तै एक जना व्यवसायीले व्यवसाय नवीकरण गरेका छन् । यसै गरी सो गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा सञ्चालित शिविरमा १४ महिला र १० पुरुष गरी २४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ३८ जनाले राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाएका छन् भने चारवटा योजना सम्झौता भएका छन् । शिविरमा एक जनाले व्यवसाय नामसारी गरेका मणिराज सुनुवारले सिधा प्रेसलाई बताउनुभयो ।
साे गाउँपालिकाले गाउँपालिकाका सातवटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई सेवा प्रदान गरेकाे छ । गाउँपालिका अध्यक्ष सेर बहादुर सनुवारले बताउनुभयो । त्यस्तै शिबिरमा खटिने सबै कर्मचारी ,सुरक्षाकर्मी ,पत्रकारलाई समेत धन्यबाद ब्यक्त गरिएको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताउनुभयो । ८ गते सोमबार उमाकुण्ड २ बाम्तिमा छुटेका सेवाग्राहीलाई सेवा दिने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post