चन्द्रज्योती माबिद्वारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ५ मा रहेको चन्द्रज्योती माध्यामिक बिद्यालयले आयोजना गरेको २ दिने वडा स्थरिय महिला तथा पुरुष भलिबलकको महिला तर्फको प्रथम उपाधि आयोजक चन्द्रज्योती माबिले हात पारेको छ । त्यस्तै द्वितीय सगरमाथा आबि र तृतिय हिमालयण बिल्डस छिरिङखर्क र सान्त्वना आयोजक ए ले हात पारेका छन ।

त्यस्तै पुरुष तर्फ प्रथम शिव पार्बती सामुदायिक संस्था सगरडाडाँ , द्वितीय सेरा अर्गानिक कृषि समूह , तृतिय चन्द्रज्योती माध्यमिक बिद्यालय भएका छन । बिजय दुबै महिला तथा पुरुष भलिबल प्रतियोगिहरुलाई क्रमश नगद प्रथम ६ हजार, द्वितीय ४ हजार, तृतिय २ हजार ५ सय र सान्त्वना १ हजारको साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो त्यस्तै उत्कृष्ट महिला तथा पुरुष दुबैलाई नगद २ हजार ५ सयको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
चन्द्रज्योती माध्यमिक बिद्यालयले खेलकुद क्षेत्रको बिकास होस भन्ने उदेश्यले १५ दिन भलिबल खेलको अभ्यास गराई अन्तिम समयमा उक्त खेल आयोजना गरिएको र धेरै ब्यक्तिहरुबाट आर्थिक सहयोग गरिएको बिद्यालयका प्रधानध्यापक ल्हाक्पा शेर्पाले बताए । साथै उनले सहयोग गर्ने सहयोगीदाताहरुको नाम सार्वजनिक गर्दै कार्यक्रममा भएको खर्चको बिबरण समेत सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा न ५ का वडा अध्यक्ष तथा उक्त बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष ङिमा छिरि लामाले सहयोग गर्ने सहयोगीदाताहरुलाई धन्यवाद प्रदान गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा ४ नम्बर वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले यो खेलले भोलि पालिका स्थरमा हुने राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप जस्ता कार्यक्रममा पनि थप सहयोग मिल्ने भन्दै आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर आर्थिक रुपमा सहयोग गर्ने सहयोगीदाताहरुलाई बिद्यालयले धन्यवाद प्रदान गरेको थियो । कार्यक्रममा वडा भित्रका टिम ए बि गरि महिला तर्फ ४ टिम र पुरुष तर्फ ८ टिम गरि १२ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार