ओखलढुंगा :स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारासहित युवा तथा खेलकुद बिकास समिती खिजिदेम्बा गाउँपालिका वडा न ७ अन्तरगत वडा स्थरिय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता बिहिवार सम्पन भएको छ ।

युवा तथा खेलकुद बिकास समिती खिजिदेम्बा ७ ओखलढुंगाको आयोजना तथा खिजिदेम्बा गाउँपालिका वडा न ७ को प्रायोजनमा संञ्चालन भएको भलिबल प्रतियोगितामा खिजिदेम्बा गाउँपालिका , लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका गरि १३ टिमको सहभागिता रहेको थियो । जसमध्य प्रथम आयोजक खिजिदेम्बा ७ ले नै हात पारेको छ भने द्वितीय हिमगंगा माबि रावादोलु, र तृतिय लिखुपिके २ ले हात पारेको आयोजकले जनाएको छ । बिजय प्रतियोगिहरुलाई क्रमश नगद ५० हजार ५ सय ५५ ,द्वितीय ३० हजार ३ सय ३३ , त्यस्त तृतिय नगद रु १५ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफि ,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक बिजय लामाले बताउनुभयो ।
त्यस्तै उत्कृष्ट खेल प्रदान गरेको भन्दै राष्ट्रिय खेलाडि बिष्णु बस्नेतलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन वडा न ७ का वडा अध्यक्ष डिल्लीराम बस्नेतको अध्यक्षता तथा खिजिदेम्बा गाउँपालिका उपाध्यक्ष शुसिला तामाङको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत गौरब राज के.सी लगायत बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा उक्त सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन ओखलढुंगा बाट निर्बाचित प्रतिनिधि सभा सदस्य मानवीय रामहरी खतिवडाको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद प्रदिप कुमार सुनुवारको विशेष आतिथ्यतामा भएको थियो ।





