काठमाडौ:शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र जानकि माता कोलकत्ताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भयका उत्कृष्ट ब्याक्तीहरुलाई अवार्ड दिनुका साथै सामजिक छेत्रमा योगदान दिने महानुभाबहरुलाइ सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख आतिथि कोलकत्ताका लगि नेपाली नायब महाबारिज्य दुत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ आभिनेत्री बिपना थापा, साथै कोलकत्ताका विभिन्न नेपाली संघ सस्थाका ब्यक्तित्व रहेको तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, संगीत ,नृत्य, सामाजिक लगायतका बिधाहरुलाइ समेटियको थियो । अवार्ड ग्रहण गर्नु हुने मघ्ये टाेखा निवासी नृत्य निर्देशनक तथा मोडेल बेद बहादुर बुढाथोकी (रोशन) रहनुभएकाे छ । उहाँको जन्म ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नंः २ मा भएकाे थियाे उहाले सानै उमेरदेखि यस क्षेत्रमा याेगदान दिदै आउनु भएकाे छ । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्नु भएकाे छ र दर्जनौ नेपाली लोक ,आधुनिक गितहरुमा मोड्लिङ गरिसक्नु भएको बुढाथोकीले धेरै गितहरुको भिडियो निर्माण गरि निर्देशन समेत गर्नु भएको छ ।
बिभिन्न देश बिदेशमा गएर स्टेज कार्यक्रमहरुमा आफ्नाे नृत्य प्रस्तुती दिनुभएकाे बुढाथोकी चलचित्र नृत्य संघ ,लोक दोहाेरी प्रतिस्ठान लगायतका संघ सस्थामा आबद्ध हुनुहुन्छ ।
यस्तै काठमाडौका विभिन्न बिद्यालयहरूमा नृत्य प्रशिक्षको रूपमा कार्यरत हुनुहुन्छ । आगमी दिनहरूमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उहाकाे उदेश्य रहेकाे बताउनु भएकाे छ ।
गिता आधिकारिले संयोजगन गरेको यस कार्यक्रममा नारायण रिजालको उपस्थिति तथा सहयोगि संघ सस्था हरुलाइ धन्यबाद दिदै नेपाली कला र सस्कृति लाइ बिश्व सामु चिनाउन यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो। यस कार्यक्रममा रोशन बुढाथोकी ,रेनुका रिजाल,बिनि लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतको याक नृत्य, सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति गरिएको थियाे । साथै सारिका घिमिरे, सन्तोषि सिंह र सरिता थापा मगरको गायनले स्टेज ततायको थियो।



















Discussion about this post