लिखुपिकेकी लाक्पा डोमाले सबैको मन जित्दै

लिखुपिकेकी लाक्पा डोमाले सबैको मन जित्दै

सोलुखुम्बु:जिल्लाको लिखुपिके गाँउपालिका वडा नम्बर -५ भकान्जेकी ल्हाक्पा डोमा शेर्पा हिमालयन टेलिभिजन बाट प्रसारण हुने भ्वाईस अफ किड सिजन – ३ को  फाइनल राउण्डमा प्रवेश गरेकी छन ।
हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके भकान्जे बाट पहिलो पटक भ्वाईस अफ किड्स सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोमा प्रवेश गरेकी आफ्नो छोरी लाई भोट गरेर सहयोग गरिदिन उनका बुबा  ल्हाक्पा ओङछु शेर्पाले सबै इष्टमित्र, गाउँपालिकाबासी ,जिल्लाबासी र शुभचिन्तकहरु सग अनुरोध गरेका छन ।
ल्हाक्पा डोमा शेर्पाले भ्वाईस अफ किड सिजन ३ काे भेटल राउन्डबाट लाइभ शोकाे स्थान हासिल गरेपछि अहिले उनलाई भोट माग्ने र सहयोग गर्नेहरू बढदै गएका छन् । शेर्पाको प्रतिभाको यतिबेला सबैतिर चर्चा भइरहेको छ। उनलाई अबको शुक्रबार सम्म खल्ती एप बाट भोट गर्न सकिनेछ । त्यस्तै क्युआरबाट पनि भोट गर्न सकिने ब्यबस्था मिलाइएको छ । उनी शेर्पा समुदायकै पहिलो चोटि भ्वाईस अफ किडमा सहभागी भएकी बाल कलाकार हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित