लिखुपिकेमा एसइइमा प्रथम,द्वितीय तृतिय हुने छात्राहरुलाई सम्मान

लिखुपिकेमा एसइइमा प्रथम,द्वितीय तृतिय हुने छात्राहरुलाई सम्मान

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रमहरुको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रमको बीच २०८० सालको एसइइ परिक्षामा लिखुपिके गाउँपालिकाबाट प्रथम,द्वितिय र तृतिय स्थान हाँसिल गर्न सफल प्रथम चन्द्रज्योती माध्यामिक बिद्यालयकी छात्रा अस्मिता बस्नेतलाई नगद रु १५ हजार सहित सम्मान पत्रले, त्यस्तै द्वितीय हिमगंगा माध्यमिक बिद्यालयकी छात्र सदिक्षा बस्नेतलाई नगद रु १० हजार सहित सम्मान पत्रले, तृतिय चन्द्रज्योती माध्यमिक बिद्यालयबाट फुरछिकी शेर्पा त्यस्तै तृतिय हिमगंगा माध्यमिक बिद्यालयकि छात्रा सम्झना बस्नेतलाई नगद रु ५ हजारको साथमा सम्मान पत्रले सम्मान गरेको छ ।

त्यस्तै २०८० सालको एसइइ परिक्षामा सत प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सलफ भएको भन्दै चन्द्रज्य‍ती माध्यमिक बिद्यालय भकान्जेलाई नगद रु ५० हजार सहित सम्मान पत्रले सम्मान गरेको गाउँपालिकाले जनाएको छ । भने हिमगंगा माध्यमिक बिद्यालयका प्रधानध्यापक, बुद्व माध्यामिक बिद्यालयका प्रधानध्यापक तथा बिद्यालय ब्यबस्थापक समितीलाई समेत सम्मान पत्रले सम्मान गरेको छ ।

त्यस्तै विभिन्न बिद्यालयका शिक्षकहरुलाई कार्य सम्पादनको आधारमा १२ जना शिक्षकहरुलाई टिचर अफ द मन्थको रुपमा नगद ५ हजारको साथमा सम्मान पत्रले सम्मान गरिएको छ । त्यस्तै गाउँपालिका अन्तर्गत शिक्षा,युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेतलाई लिखुपिके गाउँपालिकाले प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित