मौलिकता ढल्न नदिने लोकगायक कार्की

रामेछाप:रामेछाप जिल्लाको उत्तरी क्षेत्र बाम्तिमा जन्मिनु भएका लोकदोहोरी गायक रामकुमार कार्की मौलिक गीत संगित लेख्न,भाका सृजना गर्न र गाउन अब्बल हुनुहुन्छ ।
गाउँको माटो सँग खेल्दै बाल्यकाल बिताउनु भएका गाय कार्की दु:ख के हो राम्रोसँग बुझेर , काठमाडौ छिरेका लोकदोहोरी गायक कार्की गीत संगितमा मात्र नभएर दु:खमा परेका ब्यक्तिहरुलाई आफु नखाएर पनि सहयोग गर्ने कलाकारको रुपमा पनि परिचित छन । गायक कार्कीमा सरल,मिजाशिलो स्वभाब रहेको छ ।भने ठुलो बन्न खोज्ने ब्यक्तिलाई भने अलिकति पनि नगन्ने उहाँको ब्यबहार रहेको छ ।
हिजोआज लाइभ दोहोरीमा ब्यस्त देखिएर चर्चा कमाएका कलाकारहरुको भन्दा गायक कार्कीको स्वाभाब अलि फरक छ । उहाँ भन्नुहुन्छ म लाईभ दोहोरीमा गएर अरुका भाकामा शब्द हाल्दै दोहोरी गाउन भन्दा ठाउँ बिशेष गाउँ बिशेष मौलिक लोकभाका गाउँन रुचाउँछु । गायक कार्कीका धेरै सृजनाहरु बजारमा छन , जसमध्ये अबत गाउँमै गइन्छ,घरत मेरो रामेछाप जिल्ला, कोइली चरी , म त लाहुरे, ‘म त सानु रामेछापको’ जस्ता दर्जनौ गीतहरु दर्शक र श्रोताहरुको मन मुटुमा बसेको छ ।

म त सानु रामेछापको,बोलको गीत बजारमा अहिले चर्चा कमाईरहेको छ । गायक कार्कीले रामेछाप जिल्लाको प्रमुख स्थान, भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटेर ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका हुन् ।
‘म त सानु रामेछापको’ बोलको गीतको अडियो गायक कर्कीको आफ्नै यूट्यूव च्यालन रामकुमार कार्कीबाट सार्वजनिक गरेका छन् । दर्जनौ गीतमा स्वर दिइसकेका लोकदोहोरी गायक कार्कीलाई थप शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार