गुम्देलमा सकियो रनिङ शिल्ड प्रतियोगिता

गुम्देलमा सकियो रनिङ शिल्ड प्रतियोगिता

रामेछाप :उमाकुण्ड गाउँपालिकामा चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । पौष १ गतेदेखि सञ्चालन भई पौष ३ समापन भएको हो । समापन कार्यक्रम खेलकुद विकास समितिकाे अध्यक्ष तथा राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन समितिकाे संयाेजक सुदिप सुनुवारको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार विशेष आतिथ्यतामा, १ नं वडाका अध्यक्ष ङावातिण्डु शेर्पा, ६ नं वडाका अध्यक्ष भरतराज खड्का, कार्यपालिका सदस्य मनिता सुनुवार गाउँ सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, ७ वटै विद्यालयका प्रधानाध्यापक , विभिन्न संघसस्थाका प्रतिनिधि, खेलप्रेमीहरु, शिक्षकहरू, विद्यार्थी, पत्रकार, स्काउट शिक्षक तथा स्काउटर बिद्यार्थी सुरक्षाकर्मी,अभिभावक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्काउट गुप्रले मार्च पास सहित विभिन्न कला संस्कृति झल्किने सँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियाे ।

उक्त खेलकुद कार्यक्रममा विभिन्न खेल विधामा सबैभन्दा बढी ५ स्वर्ण पदक ६ रजत पदक ६ कांस्य पदक प्राप्त गर्दै चण्डेश्वरी मा.वि. प्रितीले प्रथम स्थान प्राप्त गरेको छ।त्यस्तै ५ स्वर्ण ५ रजत ६ कांस्य ल्याउदै कैलेश्वर मा.वि. गुप्तेश्वर द्वितीय, ५ स्वर्ण ५ रजत २ कांस्य प्राप्त गर्दै सिद्धेश्वर मा.वि. बाम्ती तृतीय र महालंगुर मा.वि. गुम्देल ५ स्वर्ण २ रजत ४ कांस्य सहित चाैथाे स्थान प्राप्त गरेकाे छ । त्यसै गरि ४ स्वर्ण ६ रजत ८ कांस्य प्राप्त गर्दै कास्थेम मा.वि. भुजी पाँचौ, ३ स्वर्ण ४ रजत ३ कांस्य प्राप्त गर्दै श्री जनता मा.वि. कुबुँकास्थली छैटौं र ३ स्वर्ण २ रजत ५ कांस्य प्राप्त गर्दै सरस्वती मा.वि. साताैं स्थान हासिल गरेको हो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेरबहादुर सुनुवारले विजेता र सहभागी सातवटै विद्यालयका खेलाडी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै प्रथम, द्वितीय, तृतीय र चाैथाे हुने विद्यालयलाई क्रमशः२० हजार,१५ हजार, १० हजार,र ५ हजारको नगद पुरस्कारकाे साथमा ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स खेलाडीहरूलाई ट्रफी र शिक्षक कर्मचारी भलिबल खेल तर्फ वडा नं ७ का शिक्षक टिम प्रथम, गाउँपालिका कर्मचारी टिम द्वितीय र वडा नं ६ का शिक्षक टिम तृतीय स्थान हासिल गर्दै ट्रफी, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष, कार्यपालिका सदस्यको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

उक्त समापन कार्यक्रममा १ नं वडा कार्यालय र महालंगुर मावि गुम्देलकाे तर्फबाट गुम्देल भित्र रहेका प्राकृतिक तथा धर्मिक सम्पाद झल्कने मायाकाे चिनाे उमाकुण्ड गाउँपालिका अध्यक्षज्यू र उपाध्यक्षलाई संयुक्तरूपमा सम्मान स्वरूप प्रदान गरिएको छ । साथै चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न गर्नका लागि सहयाेग पुर्याउनु हुने १ न‌ं वडा कार्यालय गुम्देल, महालंगुर माध्यमिक विद्यालय गुम्देल, गुम्देल बजार व्यवस्थापन समिति, साविक ३, ४, ५ र ६ नं वडाको टाेल विकास संस्थाहरू, १ नं वडा खेलकुद विकास समिति, खेलकुद मैदान पूर्वाधार निर्माण सहयाेग समितिका पदाधिकारीहरू, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत तमाम गुम्देलबासि दाजुभाइ तथा दिदिबहिनीहरूमा हार्दिक धन्यवाद गाउँपालिकाले प्रदान गरेको छ।

कार्यक्रममा अवसरमा महालंगुर माध्यमिक विद्यालयकाे छात्रावास व्यवस्थापन तथा संचालन गर्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्न र महालंगुर माध्यमिक विद्यालयकाे शैक्षिक तथा भाैतिक प्रगतीका लागि सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरेको महालंगुर अक्षयकोषमा आर्थिक सहयोग गर्ने समाजसेवी व्यक्तित्व र पूर्व विद्यार्थीहरूलाई समेत सम्मान गरेको छ ।
तीन दिन सम्म संञ्चालन भएको कार्यक्रममा उमाकुण्डबासी तथा छिमेकी गाउँपालिका बासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित