बेतालीमा भएको भलिबल प्रतियोगीतामा चुचुरे प्रथम

बेतालीमा भएको भलिबल प्रतियोगीतामा चुचुरे प्रथम

सृजना बि.क.रामेछाप: जनजागृत मावि बेतालीमा आयाेजित गाेकुलगंगा गाउँपालिका अन्तर वडाका शिक्षक/कर्मचारी/ जनप्रतिनिधि बीचको भलिबल प्रतियाेगितामा चुचुरे प्रथम भएकाे छ । गाेकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीस्थित जनजागृत माविद्वारा दशै, तिहार र छठकाे अवसरमा २४,२५ र २६ गते आयाेजित गाेकुलगंगा गाउँपालिका अन्तर वडा शिक्षक/कर्मचारी/ जनप्रतिनिधि भलिबल प्रतियाेगितामा चुचुरे प्रथम भएकाे हाे ।

गाउँपालिका भरीका सहभागि ७ वटा टिममा चुचुरे प्रथम भएकाे हाे । त्यस्तै बेताली द्वितीय र नामाडी तृतीय हुन सफल भएकाे छ । प्रथम टिम चुचुरेले १५ हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेकाे छ । द्वितीय टिम बेतालीले १२ हजार नगदसहित शिल्ड मेडल प्रमाण पत्र र तृतीय टिम नामडीले १० हजार नगदसहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेकाे छ ।
त्यस्तै छात्रतर्फकाे भलिबल प्रतियाेगितामा श्री कमलादेवी मावि नामाडी प्रथम भएकाे छ । श्री शारदादेवी मावि ठाेसे द्वितीय र श्री जट्टेशेवरी मावि चुचुरे तृतीय भएकाे छ । प्रथम टिम कमलादेवी माविले २५ हजार नगदसहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेकाे छ । द्वितीय टिम शारदा देवी माविले २० हजार नगदसहित शिल्ड मेडल प्रमाण पत्र र तृतीय टिम जट्टेश्वरी मावि चुचुरेलेे १५ हजार नगदसहित शिल्ड मेडल प्रमाण पत्र प्राप्त गरेको बताईएकाे छ । छात्र तर्फकाे खेलमा ५ टिम सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित