रामेछाप:उमाकुण्ड गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।
असोज १८ गतेदेखि सञ्चालन हुने घुम्ती शिविरमा नयाँ नागरिकता प्रमाणपत्र वितरण र राष्ट्रिय परिचयपत्र संकलन, व्यवसाय दर्ता, इजाजतपत्र प्रदान तथा नवीकरण, ज्येष्ठ नागरिक तथा आपाङ्ग परिचयपत्र वितरण, आर्थिक बर्ष ०८०/८१ को योजना सम्झौता र सामान्य स्वास्थ परिक्षण सेवा प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
शिविरले स्थानीय सरकारको अनुभूति गराउने वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन वातावरण हुनेछ । गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने लक्ष्यअनुसार नै शिविर सञ्चालन हुनेछ सूचनामा जनाएको छ ।
भुगोलको हिसावले विकट मानिने यस गाउँपालिकाको सातैवटा वडामा क्रमशः शिविर सञ्चालन गरिने भएको छ । शिविर गाउँपालिकाको वडा नं. ७ भुजीबाट सुरु गरि गुम्देलमा पुगेर सकिने सूचना मार्फत जानकारी गरिएको छ। गाउँपालिकाले विगतका बर्षमा पनि यस प्रकारको घुम्ती शिविर सञ्चालन गरिरहेको जनाएको छ । प्रकाशित सुचना





















Discussion about this post