रामेछाप – उमाकुण्ड गाउँपालिका वडा ३ खेलकुद विकास समितिद्वारा फागुन २२ देखि २४ गते सम्म आयोजित दोस्रो अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक ३ नं. वडा कार्यालयले जितेको छ। बुधबार भएको फाइनल खेलमा आयोजक वडा नम्बर ३ कुम्बुकास्थलीले वडा नं. २ गुम्देललाई हराउँदै उपाधि हात पारेकाे हाे।
क्लब गुम्देलले नगद २१ हजार १ सय २१ र सान्त्वना हुने भुजी खेलकुद विकास समितिले नगद ११ हजार १ सय ११ साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी वेस्ट डिफेन्स बेस्ट सर्भर बेष्ट सेटर बेस्ट स्पाइकर बेस्ट ब्लकरले ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरे।





