लिखुपिके २ गोलीका रामचन्द्र बस्नेत सामाजिक कार्यमा रमाउँदै

सोलुखुम्बु
बि.स.२०३७ सालमा साबिकको सोलुखुम्बुको गोली गाबिस वडा न २ चेस्नालुमा जन्मिएका रामचन्द्र बस्नेत अहिले धेरैजसो समय सामाजिक काममा खर्चनुु हुन्छ । बस्नेतले धेरै ठाउँमा बिभिन्न सामाजिक कामको लागि ब्यक्तिगत सहयोग गर्नुभएको छ ।
भर्खरै मात्र कला संगितको माध्यमबाट उज्यालो लिखुपिके उज्यालो नेपालको अभियानलाई सार्थक पार्न सञ्चालित कार्यक्रम सप्तरङ्गीलाई सुरुवातमै ब्यक्तिगत तर्फबाट १ हार्मोनिम सहयोग गर्छु भन्ने प्रतिबद्धता अनुसार हार्मोनिम प्रदान गर्नुभएको छ । म एक कृषक हुँ मैले ब्यक्तिगत रुपमा यो सामाग्री सहयोग गरेको हो उहाँले बताउनुभयो ।
त्यस्तै हालको लिखुपिके गाउँपालिका वडा न २ गोलीमा रहेको बुद्व माबिको प्रांगणमा बिद्यालय संस्थापक स्वार्गिय हजुरबुबा गणेश बहादुर बस्नेतको शालिक निर्माण गरी अनावरण गर्ने कार्यमा खटिरहनु भएको छ ।
त्यस्तै बुद्व माबिमा बिद्यालय अक्षकोष समेत स्थापना गर्न उहाँकै पहलमा देश बिदेशबाट थुप्रै ब्यक्तिगत रुपमा सहयोग गरेको उहाँले सिधा प्रेसलाई बताउनुभयो । उक्त अक्षकोष स्थापना गर्न सहयोगीदाता सधै धन्यवादको पात्र बनिरहने समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार